नयाँ वर्षमा जाने हैन त चन्द्रागिरि? पाईन्छ २५ प्रतिशत छुट
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँवर्ष २०८० को अवसरमा सेयरधनीहरुलाई २५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वालक्लाइम्बिङ्ग, फ्रीफलजम्प, स्काई वाक, तथा रिसोर्टमाआयोजनाहुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
यस नयाँ योजना अन्तर्गत छुट सुविधालिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नु पर्नेछ । यो योजनाएक वर्षकोे लागि सम्म रहनेछ । साथै,प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ ।
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकार सहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्यपर्यटकको लोक प्रिय गन्तब्यको रुपमा रहेको छ ।













