१० श्रावण २०८३, आइतबार

एक महिनामा ८ हजार ९ सय बढी बीमितले त्यागे पोलेसी, १८.४६ प्रतिशतले घट्यो बीमा सरेन्डर

एक महिनामा ८ हजार ९ सय बढी बीमितले त्यागे पोलेसी, १८.४६ प्रतिशतले घट्यो बीमा सरेन्डर



काठमाडौं । पछिल्लो एक महिनामा बीमा पोलेसी त्याग ( सरेन्डर) मा सुधार आएको छ ।

जीवन बीमा गर्ने बीमितहरुले गत फागुन महिनामा १ अर्ब ८ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको हो । जुन माघ महिनाको तुलनामा १८.४६ प्रतिशतले कमी हो । गत माघ महिनामा भने कुल १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार फागुन महिनामा ८ हजार ९३९ बीमितले बीमा पोलेसी सरेन्डर गरेका हुन् । फागुनमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलेसी सरेन्डर भएको छ । कम्पनीको ३४ करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् । कम्पनीका २ हजार ५७६ बीमितहरुले सो बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

यस्तै, दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) का १ हजार ४१ बीमितले पोलेसी सरेन्डर गरेका छन् । फागुन महिनामा कम्पनीको १५ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार फागुन धेरै बीमा पोलेसी सरेन्डर हुनेको तेस्रो स्थानमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीको १४ करोड ४१ लाख ७४ हजार रुपैयाँ बराबरको रकम सरेन्डर भएको छ । कम्पनीका २ हजार १५३ बीमितहरुले सो बराबरको रकम सरेन्डर गरेका हुन् ।

फागुन महिनामा सबैभन्दा कम सरेन्डर महालक्ष्मी लाइफको देखिएको छ । कम्पनीको ४० लाख ४७ हजार रुपैयाँ बराबरको पोलेसी सरेन्डर भएको हो । फागुनमा कम्पनीका ३६ बीमितहरुले सो बराबरको रकम सरेन्डर गरेका हुन् । यस्तै, फागुनमा सूर्यज्योति लाइफको १३ करोड ३३ लाख १८ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । कम्पनीका ५५७ जना बीमितले सो बराबरको रकम सरेन्डर गरेका हुन् ।

फागुन महिनामा नेशनल लाइफको ७ करोड ६७ लाख १४ हजार, एशियन लाइफको ७ करोड २५ लाख ८८ हजार, मेट लाइफको ३ करोड ९८ लाख ३३ हजार, प्राइम लाइफको २ करोड ६० लाख ७ हजार, गुराँस लाइफको २ करोड २३ लाख २८ हजार र युनियन लाइफको १ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । फागुन महिनामा यी कम्पनीहरुको क्रमशः ३९२, ६३६, ३४२, ३६२, २६९ र ६९ बीमितहरुले सो बराबरको रकम सरेन्डर गरेका हुन् ।

त्यसैगरि फागुन महिनामा रिलायन्स लाइफको बीमा सरेन्डर रकम ९५ लाख ४६ हजार, सानिमाको ८६ लाख ९१ हजार, आइएमईको ८३ लाख १२ हजार, रिलायवल नेपालको ७५ लाख ९ हजार, सिटिजन लाइफको ५६ लाख २३ हजार, प्रभु लाइफ ५० लाख ६८ हजार, सन नेपाल लाइफको ४४ लाख ८४ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ ।