७ श्रावण २०८३, बिहिबार

प्रतिकित्ता ७१० रुपैयाँमा नागरिक लगानी कोषको सेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । नागरिक लगानी कोषले संस्थापक सेयर आज (चैत २४ गते) देखि बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २४ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ७१० रूपैयाँ मूल्य तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । उक्त सेयर खरीदका लागि आवेदन फारम पाईने र बुझाउने स्थान एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्