सिजी ल्यान्डमार्कमा सपिङ धमाका: ब्रान्डेड सामानमा ८० प्रतिशत छुट
काठमाडौं । चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँवर्षको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ ।
सिजी ल्यान्डमाकले चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्ता मुखी प्रवद्र्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको यसपालि ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ । चैत्र २५ गते देखि वैशाख २०८० सम्म उपभोक्ता मुखी योजना सार्वजनिक गरेको छ ।
‘सपिङ धमाका’नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशत सम्म छुटमा विश्व विख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महाप्रबन्धक उज्वल केसीले बताए ।
सिजी ल्यान्डमार्कमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान यहाँ उपलब्ध रहेको महल मेनेजर केसीको भनाइ छ ।
यहाँ विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी,ब्रोकेड, टे«सर, सेमीर, मिनिक्लब, यो नेक्स लगायतका अथोराइज्ड आउटलेटहरु छन् । सिजी ल्यान्डमार्कमा फेसन ब्रान्डदेखि गजेट् ससम्म, खानेकुरादेखि खेलकूदका सामग्री सम्मका विश्व प्रशिद्ध ब्रान्ड पाउन सकिनछ ।
यहाँ अन्तर्राष्ट्रिय स्तर मै ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि छन् ।चितवनमा विश्व स्तरीय सुविधा र विशेषता युक्त एक्लो सपिङ कम्प्लेक्समा सुरक्षा गार्ड र सिसी क्यामेराले निगरानी गर्ने व्यवस्थित पार्किङ, व्यवस्थित शौचालय लगायत सुविधाहरु रकेबो कम्पनीले जानकारी दिएको छ ।













