१९ श्रावण २०८३, मंगलबार

आगामी आवको बजेट लेखनका लागि अर्थमन्त्रालयले बनायो ६ सदस्यीय समिति, को-को छन् ?



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट मस्यौदा लेखन समिती गठन गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमाका लागि अर्थमन्त्री महतले समिति गठन हुन् । समिति गठन गरी कार्यक्षेत्र तोकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन भएको छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन् ।