चन्द्र ढकाललाई अर्थमन्त्रीको जवाफः ‘निजी क्षेत्रलाई सरकारले कहिल्यै पनि हेपाईको दृष्टिले हेरेको छैन’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले नीजि क्षेत्रलाई कहिल्यै पनि हेपाइको दृष्टिले नहेरेको बताएका छन् ।
नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कुराको जवाफ दिदै यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले नीजि क्षेत्र संकलन गर्न राजस्वले देशको अर्थतन्त्र चलायमान भएको बताउँदै सरकारले सधैं प्रोत्साहन र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
राजस्वको दायरा फराकिलो बनाउन निजि क्षेत्र ठूलो भुमिका खेलेको भन्दै सरकारले सो क्षेत्रलाइ अब कुनै हेपाइ तरिका नअपनाउने बताए । उनले भने,- ‘सरकार र निजी क्षेत्र सगै सहकार्य गरेरे अगाडि बढ्न सके मात्र देशमा समृद्धि हुन्छ । देशका हजारौं युवालाई निजि क्षेत्रले नै रोजगारी दिन्छ । देशको अर्थतन्त्र निजि क्षेत्रले चलायमान गरेको छ।’
पूँजी निमार्ण गर्ने सके मात्र देशको अर्थतन्त्र चलायमान हुने हुदा सवै क्षेत्र सग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए ।













