३० श्रावण २०८३, शनिबार

शतप्रतिशत हकप्रद सेयर जारीग गर्दै हिमालयन उर्जा विकास, नियमन आयोगबाट पायो सहमति



काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः२को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पेश गरेको थियो । तर, आयोगले १ः१को अनुपातमा सेयर निष्काशन गर्न सक्ने गरि सहमति दिएको छ ।