१० श्रावण २०८३, आइतबार

निर्जीवन बीमा व्यवसायः शिखरको सबैभन्दा धेरै, मर्जपछि सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा, अन्यको अवस्था कस्तो ?

निर्जीवन बीमा व्यवसायः शिखरको सबैभन्दा धेरै, मर्जपछि सलिको र सिद्धार्थ प्रिमियरबीच प्रतिस्पर्धा, अन्यको अवस्था कस्तो ?



काठमाडौं । फागुन महिनामा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा शिखरले ३६ करोड ४५ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । यो हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन आर्जन गरेको बीमा शुल्क भन्दा धेरै हो । गत माघ महिनाको तुलनामा भने कम्पनीको बीमा शुल्क आर्जन ११.१३ प्रतिशतले मात्रै बढी हो । गत माघ महिनामा ३२ करोड ७९ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क संलकन गरेको थियो ।

संचालनमा रहेका कुल निर्जीवन कम्पनीहरुले फागुनमा २ अर्ब ८१ करोड ८२ लाख १५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
गत फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) दोस्रो स्थानमा देखिएका छन् । यो फागुन महिनामा संकलन गरेको बीमा शुल्कको आधारमा हो । मर्जपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले फागुन मात्रै ३१ करोड ३ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मर्जपछि बनेका सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरबीच बीमाशुल्क आर्जनमा प्रतिस्पर्धा देखिएको छ ।

गत फागुन १७ गते मात्रै एकीकृत कारोबार थालनी गरेका फागुन महिनामा भने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स तेस्रो पोजिशनमा छ । यी दुवै कम्पनी एक आपस मर्ज भई सिद्धार्थ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । सो महिना अर्थात फागुन महिनामा मात्रै कम्पनीले २८ करोड बढी बीमा शुल्क संकलन गरेको छ । एकीकृत कारोबारपछि अर्थात फागुन मसान्तसम्ममा भने कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ७१ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

फागुनमा ६ कम्पनीको बीमा शुल्क आर्जन १५ करोड माथि

फागुन महिनामा आधा दर्जन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १५ करोडभन्दा माथि रहेको छ । सो अवधिमा नेको इन्स्योरेन्स, सानिमा जिआईसी, हिमालयन एभरेष्ट, एनएलजी, आइएमई जनरल र अजोड इन्स्योरेन्स कम्पनीले १५ करोड बढी प्रिमियम उठाएका छन् ।

फागुन महिनामा नेको इन्स्योरेन्स कम्पनी २२ करोड २५ लाख ८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत माघ महिनामा भने कम्पनीले २१ करोड २ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यस्तै, फागुन महिनामा सानिमा जिआईसीले २०.२१ प्रतिशतले व्यवसाय बढाएको छ । फागुनमा कम्पनीले २१ करोड ७४ लाख ८४ हजार रुपैयाँ छ । हिमालयन एभरेष्टले पनि २१ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । १८ करोड ९९ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यसैगरि फागुन महिनामा एनएलजी इन्स्योरेन्सले १८ करोड ४० लाख ३६ हजार रुपैयाँ, आइएमई जरनलले १५ करोड ९७ लाख ३३ हजार र अजोड इन्स्योरेन्स कम्पनीले १५ करोड ४१ लाख ८५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

अन्य कुनको कति ?

चालु आवको फागुन महिनामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १३ करोड १३ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै, नेपाल इन्स्योरेन्सले ११ करोड ३९ लाख ५७ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ११ करोड १२ लाख २५ हजार, प्रभु इन्स्योरेन्सले १० करोड ४ लाख ४४ हजार र युनाईटेड इन्स्योरेन्सले १० करोड ७ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि ओरियन्टल इन्स्योरेन्सले ९ करोड ७ लाख ६० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ६ करोड २६ लाख २४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।