३० श्रावण २०८३, शनिबार

अर्थतन्त्र सुधारतर्फ गईरहेको छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले तीन महिनाको डाटा हेर्दा अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहेको र अतिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७२औ साधारण सभामा उनले यस्तो बताएका हन् ।

उनले भने निजि क्षेत्रसँग सरोकार गरेर अगाडी बढेको छ । सरकार नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकोले परम्परागत सोचभन्दा माथि उठेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

सरकारले यसपटक विगत भन्दा भिन्न नीति कार्यक्रम र योजनाहरू अगाडि बढाउन पहल गरेको छ । जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन र भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकुन् प्रचण्डले भने ।

अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले निजी क्षेत्रको पूर्णसहयोगको विश्वास लिएको बताए ।

नेपाल सरकार आर्थिक वर्ष २०८०.०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट रहेको उनले बताएका छन् ।