३० श्रावण २०८३, शनिबार

एफएनसीसीआई उपाध्यक्ष पदका उम्मेदवार हिराचनलाई निर्माण व्यवसायी महासंघको सहयोग



काठमाडौं । आगामी बुधवार हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार सुकुन्तलाल हिराचनको लागि नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गर्ने भएको छ ।

निर्माण व्यवसायी महासंघमा दुई कार्यकाल अध्यक्ष, दुई कार्यकाल महासचिवको जिम्मेवारी समेत पुरा गरेका हिराचनका आवश्यक सहयोग र समन्वय गर्ने भएको हो ।

हिराचनले महासंघको वस्तुगत तर्फको उपाध्यक्ष पदमा उम्मदेवारी दिएका छन् । सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति मार्फत उपाध्यक्ष पदका उम्मेदवार हिराचनलाई जिताउन सहयोग र समन्वयका अपिल गरको छ ।

हिराचन निर्माण व्यवसायी महासंघको संस्थागत विकास अतुलनीय सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हिराचन उद्योग वाणिज्य महासंघको पाँच कार्यकाल कार्यकारिणी सदस्य, एक कार्यकाल कोषाध्यक्ष भई महत्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन् ।