७ श्रावण २०८३, बिहिबार

यस्तो देखियो नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभाको पहिलो दिन (फोटोफिचर)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभा तथा महाधिवेशन सुरु भएको छ । मंगलबार काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा महासंघका सभा तथा नेतृत्व चयनका लागि महाधिवेश सुरु भएको हो ।

सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, अर्थमन्त्री प्रकाशसरण महत, मन्त्री रमेश रिजाल तथा महासंघका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।

महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ । सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

आगामी नेतृत्वका लागि भने भोलि बुधवार मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । महासंघको निर्वाचन समितिको शनिबारको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तस्बिरः दिपक विष्ट/अर्थपथ डटकम


प्रतिक्रिया दिनुहोस्