नेपाल उधोग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान आज
काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान आज (चैत २९ गते) हुदैछ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान बैठकमा ढिलाइ हुँदा सुरु भइसकेको भने छैन ।
महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ । सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन्

आगामी नेतृत्वका लागि भने आज बुधवार मतदान हुँदैछ । मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।













