उधोग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान सुरु, वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिड्न्त
काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने मतदानमा हुदै छ । ८ बजेदेखि हुने भनिएको मतदान २ घण्टा भन्दा ढिला सुरु भएको हो ।
मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानस्थलमा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ । महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ । एसोसिएट समूहका सबै पदका लागि सेतो रङ्गको र जिल्ला–नगर समूहका सबै पदका लागि रातो र वस्तुगत समूहका सबै पदका लागि निलो रङ्गको मतपत्र निर्धारण गरिएको छ ।
प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ । जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १७६२ गरी कुल २०१८ सदस्य छन् ।













