१९ श्रावण २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघ निर्वाचन : ‘अरुण सुमार्गी’ ल्याउन प्रधानमन्त्री प्रचण्डले दिए नेतृत्वलाई दबाब !



काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि बुधवार मतदान सुरु भईसकेको छ ।

देशभरका उद्योगी व्यापारीहरु चुनावी माहोलमा छन् । महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ ।

महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ । सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन् । आफ्ना निकटका उम्मदेवार जिताउन राजनीतिक दलका नेताहरुमा लागि परेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मदेवार अन्जन श्रेष्ठको टिमबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका अरुणराज सुमार्गीलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागि परेका छन् । उनले अरुण सुमार्गीलाई ल्याउन महासंघको नेतृत्वलाई दबाब दिएका छन् । प्रचण्डका पुराना मित्र अजयराज सुमार्गीका छोरा हुन् अरुणराज सुमार्गी । उनले अञ्जनको प्यानलबाट उपाध्यक्ष उम्मेदवारी दिएका छन् । सुमार्गीलाई जिताउन प्रचण्डले व्यवसायीहरुलाई दबाब समेत दिँदै आएका छन् । सुमार्गीसंग प्रचण्डको निकै घनिष्ठ सम्वन्ध छ । प्रचण्डले सुमार्गीलाई महासंघको उपाध्यक्षमा जिताउनका लागि खुलेरै सहयोग गरेका छन् ।

सुमार्गीले प्रचण्डको निर्वाचन लगायतका आर्थिक पाटोमा सघाउँदै आएका थिए । मंगलबार महासंघको साधारण सभा उद्घाटनमा समेत आउन आनकानी गरेको बुझिएको छ । तर, अरुणराज सुमार्गीले नै ओके गरेपछि प्रचण्ड आएको उच्च स्रोतले बतायो । सुमार्गी प्रचण्डको आर्थिक डोनर नै मानिन्छन् । उनले मंगलबार नै बालुवाटारमा बोलाएर व्यावसायीहरुसंग छलफल समेत गरेको बुझिएको छ।