वस्तुगत र जिल्ला नगर तर्फ खस्यो शत प्रतिशत मत, एशोसिएट तर्फ मतदान जारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको मतदान गर्ने समय थप भएको छ । वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको हो ।
दुबैं संघमा शत प्रतिशत मत खसेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । वस्तुगत तर्फको १२३ वटा मत र जिल्ला÷नगरतर्फ ११७ मत रहेकोमा सम्पूर्ण मत खसेको पौडेलले बताए ।
बिहान मतदान शुरु गर्न ढिला भएका कारण २ घण्टा समय थप गरिएको गरीएको छ । एशोसिएट तर्फ अझैं करिब २ सय मत खस्न बाँकी रहेको अधिकृत पौडले जनाए ,।
महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् ।













