१९ श्रावण २०८३, मंगलबार

एफएनसीसीआई निर्वाचन अपडेटः जिल्ला नगरतर्फको मत गणना भर्खरै सकियो, कसले कति मत पाए ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यतिबेला जिल्ला नगरतर्फ गणना सकिएको छ ।

निर्वाचन समितिका अनुसार अनिल कृष्ण श्रेष्ठले ६४, अब्दुल बाहिद मन्सुरी ६० अमरेश चन्द्र बैदवार ८१, अशोक लालल अमात्य ५७, उज्वल प्रसाद कसजुले ६२ मत पाएका छन् ।

यस्तै, किशोर कुमार आचायए ६९, केशव प्रसाद भडारी ६७, कृष्ण कटुवाल ६७, गणेश प्रसाद लाठ ५३, गोकुल श्रेष्ठ ६४ चन्द्र बहादुर भाझाई ३२, छत्रधर आत्रेय ४९, प्रयास कार्की ८८, विक्रान्त कुमार श्रेष्ठ ३०, बेद बहादुर श्रेष्ठ ७२, बोदनाथ दुवाडी ३६, मदन लाल जोशी ४४, मञ्जु कुमार श्रेष्ठ ६०, मनोज बहादुर न्याछयौं २६, मोहन प्रसाद श्रेष्ठ ९१, राजेन्द्र साह ४१, रामेश्व्र मानन्धर ५१ र लक्ष्मण राज पौडेल ६१ मत पाएका छन् ।

जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जिल्ला नगरतर्फ ११७ मत खसेको थियो ।जिल्ला नगर तर्फको ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।