१९ श्रावण २०८३, मंगलबार

जिल्ला नगर उपाध्यक्षमा सुर कृष्ण वैध बिजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला जिल्ला नगर तर्फको उपाध्यक्ष पदको मत गणना भईसकेको छ ।

महासंघ निर्वाचन समितिका अनुसार जिल्ला नगर तर्फको उपाध्यक्षमा सुर कृष्ण वैध विजयी बनेका छन् । जिल्ला नगर तर्फ कुल ११७ मत खसेको थियो । सोमध्ये निर्वाचित उपाध्यक्ष वैधले ४३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिपस्र्धी अरुणराज सुमार्गीले ३७ मत र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । कुल खसेको मतमा १ वटा बदर भएको निर्वाचन समितिले जनाएको छ ।