३० श्रावण २०८३, शनिबार

वरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धा, यस्तो छ पछिल्लो मत परिणामको अपडेट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले २७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले २१३ मत र उमेशलाल श्रेष्ठले २०३ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष मत परिणाम अनुसार रोचक प्रतिस्पर्धा देखिएको छ ।