‘बीमा वर्ष २०७९’ : नयाँ बीमा ऐन लागू, कम्पनीको उत्साहपूर्ण मर्जर, समग्रमा कस्तो रह्यो ?
‘बीमा वर्ष २०७९’ : नयाँ बीमा ऐन लागू, कम्पनीको उत्साहपूर्ण मर्जर, समग्रमा कस्तो रह्यो ?
काठमाडौं । अन्य बर्षहरुको तुलनामा बीमा क्षेत्रका लागि बर्ष २०७९ बिशेष रह्यो । बिशेषगरि नयाँ बीमा ऐन लागू भएको, बीमा कम्पनी मर्जर गराइएको, लघुबीम कम्पनी आउने जस्ता घटनाले यो बर्ष बीमा क्षेत्रका बिशेष रहेको देखिन्छ ।
बीमा क्षेत्रमा यसअघि २०४९ को बीमा ऐन थियो । तर, बीमा क्षेत्रमा आएका नयाँ आयमहरुलाई त्यो ऐनले सम्बोधन गरेको थिएन । त्यो ऐन आफैमा काम चलाउने खालको थियो । तर, बर्ष २०७९ बीमा सम्बन्धी नयाँ ऐन लागू भयो, जुन समय सान्दर्भीक छ । साथै, नियामकन निकाय बीमा समितिलाई बीमा प्राधिकरणमा रपान्तरण गरेको छ । साथै, प्राधिकरणलाई थूप्रै बिषयमा स्वायत्त अधिकार पनि दिएको छ । तसर्थ, यो बर्ष बीमा ऐन आउनु बिशेष मानिएको छ ।
साथै, यो बर्ष बीमा कम्पनीहरु उत्साहपूर्ण रुपले मर्ज भए । नेपालमा भुगोल तथा बजारको आधारमा बीमा कम्पनीहरुको संख्या बढी भएको मानिन्थ्यो । साथै कम्पनीको संख्या धेरै हुदाँ अस्वस्थ प्रतिस्पर्धा पनि थियो । तर, सोही क्रममा तत्कालिन बीमा समिति (हालको प्राधिकरण) ले चैत २०७८ मा बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गर्यो । जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब बाट २ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरियो । साथै, चुक्तापुँजी बढाउने मामलामा मर्जरलाई नै प्रोत्साहन गरियो । फलस्वरुप बीमा कम्पनीहरु उत्साहजनक रुपमा मर्जरमा गए, त्यस कारणले पनि बीमा क्षेत्रका लागि यो बर्ष बिशेष मानिन्छ ।
यस्तै, यो वर्ष लघुबीमा कम्पनी स्थापना गर्ने काम पनि भयो । बिशेषगरि न्यून आय भएका तथा सिमान्तकृत समुदायमा बीमा पहुँच पुर्याउने उद्देश्य सहित सातै प्रदेशमा १, १ वटा लघुबीमा कम्पनी स्थापना गर्ने गरि ७ कम्पनीलाई लाइसेन्स दिइएको छ । उनीहरु सञ्चालनको तयारीमा छन् ।
लघुबीमा कम्पनी स्थापना गर्न ७ कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । यस अनुसार कोशी प्रदेशमा गार्डियन माइक्रो लाइफ, मधेशमा स्टार माइक्रो इन्स्योरेन्स, बागमतीमा नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय गर्ने अनुमति पाएका छन् । गण्डकीमा लिवर्टी माइक्रो लाइफ, लुम्बिनीमा ट्रस्ट माइक्रो, कर्णालीमा क्रेस्ट माइक्रो लाइफ र सुदुपश्चिममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् । त्यसमा प्राधिकरणले गार्डियन र नेपाल माइक्रो इन्स्योरेन्सलाई अन्तीम स्वीकृति दिइसकेको छ । अन्य कम्पनी भने पूँजी जुटाउने लगायतका तयारीमा छन् । प्राधिकरणले लघुबीमा कम्पनीहरुले गर्ने बीमाको सीमा एवम् दायरा तोकिदिएको छ । निर्जीवन लघुबीमा कम्पनीहरुले अधिकतम ५० लाख रुपैयाँ र जीवन लघुबीमा कम्पनीले बढीमा ५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने सीमा निर्धारण भएको छ ।
यस्तै, जीवन लघुबीमा कम्पनीले ५ लाख रुपैयाँसम्मको बीमांक भएका बीमा गर्न पाउने छन् । जीवनतर्फ आजीवन, सावधिक, म्यादी र अन्य लघुजीवन बीमा गर्न सकिने भनिएको छ । यस्ता निर्णयहरु पनि बीमा क्षेत्रका लागि सुखद रुपमा हेरिएको छ ।यस्तै, पुनर्बीमा व्यवसायलाई विस्तार गर्ने लक्ष्य सहित यही बर्ष गत साउनमा १० पुनर्बीमा ब्रोकर कम्पनीलाई सञ्चालनको अनुमति दिइएको छ ।
यी यस्ता कारण बर्ष २०७९ बीमा क्षेत्रका लागि बिशेष रह्यो । तर, यस्ता उत्साहका साथ पनि बीमा क्षेत्रका लागि केही निराशा पनि देखिए । बिशेषगरि आर्थिक संकटले बीमा व्यवसाय निकै नै असर गर्यो । यो बर्ष बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घट्यो नै । फलस्वरुप कुल व्यवसायमा समेत उत्साह जनक प्रगति देखिएन । उल्टै बीमा सरेन्डर गर्नेको संख्या बढ्दै गएको छ । साथै, पोलिसी ल्याप्स समेत बढेको छ । यी यस्ता कारण यो बर्ष बीमा क्षेत्रका लागि निराशा पनि रह्यो । प्राधिकरणकै तथ्याङ्क अनुसार बीमा व्यवसाय उत्साहजनक सुधार नभएको पाइएको छ । सो अवधिमा जीवन बीमा व्यसाय १.६६ प्रतिशतले मात्रै बढेको छ भने निर्जीवन बीमा व्यवसाय २.२७ प्रतिशतले बढेको छ ।
विश्व आर्थिक संकटको असर बीमा क्षेत्रमा पनि पर्यो । आर्थिक मन्दी्, महंगीका कारण उपक्तोत्ताहरको जीवनयापनमा लागत पनि बढ्दो छ । फलस्वरुप बीमा व्यवसायमा खास सुधार नभएको हो । यद्यपि, आगामी दिनमा भने बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय आर्थिक सूचकहरु पनि सवल बन्दै गएको छ । यसले आगामी दिनमा बीमा व्यसायमा निकै सुधार हुनेछ ।समग्रमा यो बर्ष गरिएका नीतिगत निर्णयहरु, कम्पनीहरुले ल्याएका नयाँ नयाँ बीमा प्रडक्टहरुले पनि आगामी दिन बीमा व्यसाय फष्टाउनेछ ।













