नयाँ वर्षको अफरसहित १२ लाखसम्म कम मूल्यमा गाडी बेच्दै कम्पनीहरु, ग्राहक तान्न कुनको कस्ता योजना ?
काठमाडौं । बजारमा तरलता अभाव व्यापाक रुपमा छ । जसले बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन् पनि सकिरहेको अवस्था छैन । तरलता अभवासंगै ब्याजदर वृद्धि पनि उस्तै छ । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिको मारमा यति उद्योगी व्यवसायीहरु छन् । यसको चेपुवामा विशेष अटोमोबाइल व्यवसायीहरु छन् । ब्याजदर वृद्धिले बजारको मागमा पनि सुस्त नै छ । आर्थिक संकुचनको असरले सवारी साधान माग घट्दो छ । उसो त यस अटोमोबाइल व्यवासय कोरोना महामारीबाट पनि नमज्जाले प्रभावित भएको थियो कोरोना भाइरसको प्रभावले लामो समय व्यापार ठप्प नै भएको थियो ।
त्यस लगत्तै सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै आयातमा समेत कडाई गरेको थियो । सरकारले विलासिताको वस्तु आयातमा प्रतिबन्ध समेत लगायो । आयातमा प्रतिवन्ध र मार्जिनको व्यवस्थाले अटोमोबाइल क्षेत्रमा निकै नै धक्का पुग्यो । पछिल्लो समय थप तरलता अभाव र ब्याजदर वृद्धिले अटोमोबाइल क्षेत्रका व्यवसास धरासायी भएका भन्दै आन्दोलनमा समेत उत्रिएका थिए ।
अटोमोबाईल क्षेत्रमा मागसंगै कारोबार पनि उत्तिकै संकुचन आएको व्यवसायीहरु बताउँछन् । बजार माग नभएपछि यतिबेला व्यवसायीहरुले विभिन्न अफरमा मोटो रकम छुट दिएर सवारी बेच्न बाध्य जस्तै छन् । नव वर्ष २०८० को अवसर पारेर कम्पनीहरुले गाडी बिक्री अफर ल्याएका छन् । नयाँ वर्षमा नयाँ गाडीको किनबेच बढी हुनोले ग्राहक तान्न कम्पनीहरुले अफरहरु ल्याउने गरेका हुन् ।
नयाँ वर्षको आगमनसंगै गाडी बिक्रेता कम्पनीहरले छुट तथा अन्य सुविधासहितको स्किम ल्याउन थालेका छन् । नयाँ वर्षको विशेष अवसर पारेर नेपाली बजारका धेरै अटोमोबाइल कम्पनीहरुले सवारी बिक्री गर्न खोजिरहेका छन्। ग्राहक आकर्षित गर्न विभिन्न अफर तथा सुविधाहरु घोषणा गरिरहेका छन् । विभिन्न छुटका योजनाहरु सार्वजनिक गरिहरेका छन् ।
कम्पनीहरुका अनुसार नयाँ वर्षका अफरमा न्युनतम ५ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म छुट तथा सुविधा प्याकेज ल्याएका छन् । विभिन्न ब्राण्डका सवारी खरिदमा सो बराबरको छुट पाईने छ । कम्पनीहरुले थोरै रकम मात्रै तिरेर सवारी खरिद गर्न सकिने गरि अफर ल्याएका छन् । र पछिल्लो समय आयातमा गरिएको प्रतिबन्ध, चर्को ब्याजदर र आर्थिक मन्दीको प्रभाव भए पनि नयाँ गाडी किन्ने उपभोक्तालाई फाइनान्सको सुविधा सहित विभिन्न अफर ल्याएका हुन् ।
व्यापारीहरुले अटोमोबाइल क्षेत्रलाइ चलायमान बनाउन नयाँ वर्षको अफर अन्तर्गत नयाँ सवारी साधन खरिदमा नगद छुट, डाउन पेमेन्ट र मासिक किस्तामा सहजता, बीमा शूल्क र सडक दस्तुरमा समेत छुट पाउने व्यवस्था गाडी बिक्रेता कम्पनीहरुले गरेका छन् ।
नयाँ वर्षमा कुन कम्पनीको कस्तो अफर ?
हुन्डाई गाडी किन्दा ५ लाखसम्मको नगद छुट, ६ वर्षको फ्रि सर्भिसिङ्ग
हुन्डाई अटोमोबाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ छुट पाउनेछन् । यसका साथै नयाँ वर्ष बोनस ८० हजार रुपैयाँ र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्मको आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन ।
यस योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।
निशान गाडी खरिदमा १२ लाखसम्मको फाइदा
निशानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष २०८० को नयाँ अफर सार्वजनिक गरेको छ ।
कम्पनीअनुसार उक्त योजनामार्फत् करिब १२ लाख रुपैयाँसम्म फाइदा लिन सकिने छ । ग्राहकहरुले नयाँ वर्षको योजनामा गाडी खरिद गरेमा अधिकतम ११ लाख ७४ हजार रुपैयाँ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले गाडी खरिदमा अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको हो । नयाँ वर्षको अवसरमा अधिकतम बोनस २ लाख रुपैयाँ र ३ वर्षसम्म सर्भिस र वारेन्टीको सुविधा दिनेछ । यसका साथै सजिलो फाइनान्स सुविधा पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको पनि व्यवस्था रहेको छ ।
जिडब्लूएमको गाडी किन्दा ५ लाख नगद छुट, तीन वर्षको निःशुल्क सर्भिस
भिजी ईम्पेक्स कम्पनीले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । ग्रेट वाल मोटर गाडीकोे नेपालका लागि आधिकारीक बिक्रेता रहेको कम्पनीले जिडब्लुएमका सबै मोडलका गाडीहरुको खरीदमा ५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ । जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु मान्य हुनेछ ।
ग्राहकहरुलाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लासपूर्ण बनाउन उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ । यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाखसम्मको फाइदा पाउनेछन् । हरेक जिडब्लुएम गाडीको खरिदमा, ग्राहकले निशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन डिस्काउन्ट, एक वर्षको व्यापक बीमा, निशुल्क एक्सेसोरिज, ५ वर्षको वारेन्टी, ५ वर्ष निशुल्क सर्भिस र स्पट भ्यालुएसन, एक्सचेन्ज र अन्य धेरै सुविधाहरुको कम्पनीले जनाएको छ ।
चांगन अटो नेपाल एक्सचेञ्जमा थप दुई लाख बोनस, वैदेशिक भ्रमणको पनि अवसर
चांगन अटो नेपालले पनि ग्राहक तान्न आकर्षक अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८० लाई लक्षित ‘नयाँ साल, साह्रै बबाल’ अफर ल्याएको छ । सो अफर आगामी बैशाख ३१ गतेसम्म संचालन हुनेछ ।
प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स समेत जित्न सक्नेछन् ।
यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् ।
कुनै पनि ब्राण्डको साधन साट्न चाहेमा भने थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै टेस्ट राइड गर्नेहरुको लागि पनि आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।













