बैशाख १७ गतेदेखि ‘आरविवि म्युचुअल फण्ड २’ को १२ करोड इकाई बिक्रीमा आउने
काठमाडौं । आरविवि म्युचुअल फण्डले बैशाख १७ गतेदेखि आरविवि म्युचुअल फण्ड २ को इकाई निष्कासन गर्ने भएको छ । प्रतिइकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा विक्री गर्न लागिएको हो ।
उक्त इकाईमा छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ छ भने न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।
योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।
इकाईमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापका आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।













