विद्युत आपूर्ति नियमित गरी औद्योगिक वातावरण तयार गर्न उद्योग संगठनको माग, आन्दोलनमा उत्रिने चेतावनी
काठमाडौं । उद्योग संगठन मोरङ्गले नियमित विद्युत आपूतिको व्यवस्था गरि निर्वाधि रुपमा उद्योग व्यवसाय संचालनको वातावरण बनाउन माग गरेको छ ।
विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै संगठनले यस्तो माग गरेको हो । वर्तमान जटिल अवस्थाका वावजुद संचालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत आपूर्तिमा आईरहने समस्याका कारण भोग्नु परेको समस्या साधामनका लागि ध्यानाकर्षण गराएको छ ।
संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले गत पुसदेखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पु¥याएको छ ।’
विद्युत आपूर्तिको समस्या आईरहे र उद्योग व्यवासय निर्वाध रुपमा संचालन गर्न नसक्ने अवस्थामा सडक आन्दोलन गर्ने संगठनले चेतावनी समेत दिएको छ । ‘वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने वन्द गरी उद्योगी/व्यवसायी सडकमा आउनुको विकल्प नरहने तर्फ ध्यानाकर्षण गराउदै त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठन सम्वन्धीत निकायमा अनुरोध गर्दछ ।’–विज्ञप्ति भनिएको छ ।
विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको र उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्ष्ँमता नै हस आईरहेको संगठनले जनाएको छ ।
औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैैपनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठन ध्यानाकर्षण गराएको छ । विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठन माग गरेको छ ।













