७ श्रावण २०८३, बिहिबार

२ खर्ब २२ अर्बले खुम्चियो नेपालको वैदेशिक व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो



काठमाडौं । नेपालले ९ महिनामा १२ खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको ९ महिनामा कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, यो गत आवको समिक्षा अवधिको तुलनामा भने १८.०८ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा भने कुल १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बरारको वस्तु आयात भएको थियो ।

समिक्षा अवधिमा आयात संगै निर्यातमा पनि घटेको छ । विभागका अनुसार चालु आवको ९ महिनामा निर्यात २६.३४ प्रतिशतले घटेको हो । सो अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । तर, गत आवको समिक्षा अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

समिक्षा अवधिमा आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार घाटा पनि खुम्चिएको छ । विभागका अनुसार चालु आवको ९ महिनामा नेपालको वैदेशिक व्यापार १७.०६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रुपैयाँ रहेको छ । तर, गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस्