३१ श्रावण २०८३, आइतबार

आरबीबी मर्चेन्ट बैंकिङले वैशाख १७ गतेदेखि म्युचुअल फण्ड निष्कासन गर्ने



काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । वैशाख १७ गतेदेखि म्युचुअल फण्डका इकाई बिक्री गर्ने लागेको हो ।

आरबीबीले बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमा १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला हुनेछ ।

जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म इकाई बिक्री खुला रहनेछ । ‘आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।