३१ श्रावण २०८३, आइतबार

तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई प्रदान गर्दै आएको ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गर्दै आएको छ ।

आइएमई पे ले सोही बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैँ ग्राहकहरुलाई झन्झट निबना विदेशबाट आएको रबम वलेटमै दावी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।