बोटलर्स नेपालद्धारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध
काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले ३१ औं (आव २०७३÷७४ ) वार्षिक साधारण सभाबाट पारित लाभांश लिन आउन भनेको हो ।
कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौं, नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी लाभांश लिन सकिने छ । सूचना प्रकाशित भएको मितिले १ महीना भित्र लिनु पर्ने छ ।
साथै, सो अवधिभित्र लाभांश रकम लिन नआउनेको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले भनेको छ ।













