३१ श्रावण २०८३, आइतबार

सामसङ टेलिभिजनको उत्पादन सुरू



काठमाडौं । सामसङले नेपालमा वर्षौदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ ।

स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो रहेको कम्पनीले जानकारी दिएको हो । सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण, पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपालका प्रमुख सुङ जुनपार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंंम् प्रमुखकार्यकारी अधिकृत जेबि पार्कलेले भने नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यका यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । दक्षजनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौं ।

गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,“सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउंछ । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको छ । जुन हाम्रो लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसंगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मुल्यअभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं ।”

टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मागरिएको थियो । नयाँ सुविधायुक्तयस कारखाना नेपालको उत्पादनको यात्रामा एकको सेढुँगा हो र यसले स्थानीयउद्यम, नयाँसिपहरु, खोजहरु र रोजगारसंग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमादक्षता र उत्पादकत्वअभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।