१९ श्रावण २०८३, मंगलबार

अब नेपालमै उत्पादन भएका सवारीले दर्ता पाउने, नम्बर प्लेटका लागि एलसी आवश्यक नपर्ने



काठमाडौं । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका,२०६० संशोधन गरि थप व्यवस्था भएको छ । योसंगै अब नेपालमै उत्पादन तथा जडान भएका सवारी साधान दर्ता हुने भएको छ ।

यातायात व्यवस्था विभागले व्यवस्था कार्यविधि, २०६० लाई संशोधन गरि थप गरेको हो । सो निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि विभागले जनाएको छ । संशोधित व्यवस्था अनुसार अब नेपालमा जडान तथा उत्पादन भएका सवारी दर्ता हुने बाटो खुल्ला भएको छ ।

निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपुर्जा पैठारीगरि नेपाल जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ कर्ता, सरुवा, हेरफेर, लिलाम, पुनः दर्ता र नामसरी लगायतका प्रयोजनका लागि यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र (एलसी) आवश्यक नपर्ने विभागले जनाएको छ ।

यसका साथै भन्सार प्रज्ञापनपत्र (एलसी)को सट्टा मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्वन्धी प्रावधान आकर्षित हुने सवारी हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने विभागले जनाएको छ ।