३१ श्रावण २०८३, आइतबार

एनआईबिएल एस क्यापिटलले एलायन्स फर्मास्यिुटिकल्सलाई आईपीओ ल्याउन सघाउने



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिुटिकल्स प्रालि बिच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिवो सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्स प्रालिका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन् ।

समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्स प्रालिका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधान को पनि उपस्थिती रहेको थियो ।

एलायन्स फर्मास्यिुटिकल्स प्रालि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ र बारा जिल्ला सिमरा स्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनि ले उत्कृष्ट गुणस्तरीय औषधी युक्त वस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधी युक्त वस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिुटिकल्स प्रालि औषधी उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनि रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले एलायन्स फर्मास्यिुटिकल्स प्रालि लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजि विृद्घि मा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

साथै सर्वसाधारणमा सेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक पूँजि सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ । संस्थागत परामर्श सेवामार्फ व्यावसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।