सिटिजन लाइफले कमायो १५ करोड नाफा: बीमा कोषको आकार पनि ५३%ले बढायो, अधिकांश सूचक सकरात्मक
सिटिजन लाइफले कमायो १५ करोड नाफा: बीमा कोषको आकार पनि ५३%ले बढायो, अधिकांश सूचक सकरात्मक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १५ करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ९ महिनामा कम्पनीले १५ करोड १ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने सामान्य मात्रै बढेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि सामान्य बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलननामा ३.७१ प्रतिशतले मात्रै बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ५९करोड ५० लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस वर्ष भने कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४ अर्ब १ करोड ८३ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल कायम बीमालेखको संख्या २ लाख ७४ हजार २१८ र कुल जारी बीमालेखको संख्या २२ हजार ८७७ रहेको छ । समिक्षा अवधिमा कम्पनीले बीमालेखको धितोमा कर्जाबाट ३ करोड २९ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ९ महिनामा अभिकर्ता कमिशनको लागि ४९ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ ।
सो अवधिमा कम्पनीले १ अर्ब ३३ करोड ३१ लाख ६८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले ४ हजार ६५४ वटा दावी संख्यामा सो बराबरको रकम भुक्तानी गरेको हो । सो अवधिमा भुक्तानी हुन् बाँकी दावी रकम भने ११ करोड २९ लाख ९४ हजार रुपैयाँ रहेको छ । यो संख्यामा भने ३०४ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ रोको छ ।
सो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ अर्थात ५३ प्रतिशतले बढाएको छ । योसंगै कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ४७ करोड ४१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यता, महा विपत्ति जगेडामा भने १४ करोड ७ लाख रुपैयाँ बढी रकम रोखको छ ।
कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँका दर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड बढी पुग्नेछ ।













