१० श्रावण २०८३, आइतबार

१ खर्ब नाघ्यो जीवन बीमा कम्पनीहरुको बीमा शुल्क, कस्ले कति उठाए ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क १ खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चैत समान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क मार्फत ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ र प्रथम बीमा शुल्क मार्फत २१ अर्ब ५२ लाख रुपैयाँ संकलन गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबै भन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायमै राखेको छ । चैत समान्तसम्ममा २७ अर्ब २६ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा एलआइसी इन्स्योरेन्सले १२ अर्ब ९४ करोड ५० लाख रुपैयाँ, तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ र चौथो स्थानमा राष्ट्रिय बीमा सस्थानले ७ अर्ब १० करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, कुल बीमा शुल्क आर्जन गर्नेमा क्रमशः सूर्यज्योति लाइफले ६ अर्ब २० करोड ६९ लाख रुपैयाँ, युनियन लाइफले ५ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ, एशियन लाइफले ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ, सिटिजन लाइफले ४अर्ब १ करोड ७९ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ र प्राइम लाइफले ३ अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, आइएमई लाइफले २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सिलायबल नेपालले २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, गुराँस लाइफले २ अर्ब २४ करोड २८ लाख रुपैयाँ, प्रभु लाइफले १ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब १८ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।