दोस्रो चरणमा थप १३ नयाँ ब्रोकर कम्पनीले पाए बोर्डबाट आशय पत्र, अन्य बाँकीको के होला ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) दिएको छ । पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको कम्पनीले फेरि थप १३ वटा कम्पनीलाई दिइएको हो ।
बुधवार बसेको बोर्डको बैंठकले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो । योसंगै आशाय पत्र पाउने कम्पनी २९ वटा पुगेको छ । नयाँ ब्रोकर संचालनका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।
आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । त्यसपछि बोडैले अनुगमन गर्नेछ । अनुगमन गर्दा मापदण्ड पुरा गरेका कम्पनीहरुले नै ब्रोकर लाईसेन्स पाउने छन् ।
यी हुन् दोस्रो चरणमा आशाय पत्र पाउने कम्पनीहरु














