गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोट स्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प बैशाख १६ देखि १८ सम्म सम्पन्न गरेको थियो। ।
नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रधान गरिएको थियो । सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा७ प्रतिशत सम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाउनु भएको थियो।
क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जानकारी दिएको छ । क्याम्पको बारेमा सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने,“ गल्फलुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए । आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको गल्फक्षत्रेमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएकोकम्पनीले जानकारी दिएको छ ।













