टाटाको नेक्सन ईभी म्याक्स सार्वजनिक, मूल्य ४६ लाख ४९ हजार रुपैयाँ
काठमाडौं । टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स मंगलबार नेपाली बजारमा सार्वजनीक गरेको छ । नेक्सन ईभीको भन्दा थप फिचर सहित आएको नेक्सन ईभी म्याक्स ईभीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
४१ किलोवाटको ब्याट्री र १०० किलोवाट इलेक्ट्रक इिन्जिनको क्षमता रहेको छ । भारतीय बजारमा भने सोही मोडल १०५ किलोवाट इन्जिन्मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । नेक्सन इभीको तीन रङहरु उपल्बध रहेको छ । एक पटक ब्याट्री फुल गरी सकेपछि ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ । नयाँ नेक्सन इभीमा चलीरहेको मोडलभन्दा बढी फिचर्स हुने गरि अपडेट गरिएको छ । स्मार्टवाच एकीकरण र क्रुच नियन्त्रण पनि पाएको छ ।
टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेको छ । सडक प्रयोगकर्ताहरुलाई प्रभावकारी रुपमा चेतनावली दिन्छ । साथै, टाटाको देशभरी २३ वटा आउटलेट र २४ सेन्टर रहेको कम्पनीले जानकारी दिएको छ ।














