आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स छाड्दै रावल, युनाइटेड अजोडको सीईओ बन्दै  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स छाड्दै रावल, युनाइटेड अजोडको सीईओ बन्दै 



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सीईओ रहेका एसके रावलले कम्पनी आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर भएपछि राजीनामा दिएका छन् । 

मर्जरपछि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सिनियर डेपुटी सीईओ रहेका रावलले कम्पनी छाड्ने भएका छन् । उनी छिट्टै मर्जरको तयारीमा रहेको युनाइटेड र अजोड इन्स्योरेन्सको सीईओ नियुक्ति हुने तय भएको हो । 

यसअघि सगरमाथा इन्स्योरेन्सको डेपुटी सीईओ रहेका रावल २०७८ कात्तिकमा प्रुडेन्सियल इन्स्योेन्सको डिसिइओमा ज्वाइन गरेका उनी सोही वर्ष पुसमा सीईओमा नियुक्त भएका थिए । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई इन्स्योरेन्स मर्जर आज हुँदैछ । मर्जरपछि डेपुटी सीईओ बन्न लागेका रावलले युनाइटेड अजोडको सीईओ बन्ने गरी कुरा मिलाएको स्रोतको दाबी छ । 

मर्जरको एमओयूमै सीईओ युनाइटेडले नियुक्त गर्ने र अध्यक्ष अजोड इन्स्योरेन्सबाट बन्ने सहमति भएको थियो । सोही सहमति अनुसार युनाइटेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता चौधरी समूहले रावललाई सीईओ बनाउने आश्वासन दिइसकेको छ । 

यद्येपी उनको निर्णय भने भैसकेको छैन । प्रभु इन्स्योरेन्ससँग मर्जर भाँडेर युनाइटेडसंग लगनगाँठो कसेको अजोड इन्स्योरेन्समा हाल कुमारबहादुर खत्री सीईओ रहेका छन् । उता युनाइटेड इन्स्योरेन्समा लामो समयदेखि अफिसेटिङ सीईओ नवीन सुवेदी रहेका छन् । 

Tags :

प्रतिक्रिया दिनुहोस्