अन्नपूर्ण केवलकारले ३१ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिट
काठमाडौं । अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
२०७८ फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको छ ।
केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिएका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आईपीओ भएको छ ।
पाँचवर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो । आईपीओ निष्कासन पछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको गुरुङले बताए ।
पोखरा महानगरपालिका–१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशननिर्माण गरिएको छ । जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँलागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।













