हरेक घटनालाइ आर्थिक संकुचनसँग जोड्नु हुँदैनः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले हरेक घटनालाइ आर्थिक संकुचनसग नजोड्न आग्रह गरेका छन् ।
आइजिआइ र प्रडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । देश आर्थिक अबस्था निकै नराम्रो अबस्था गुज्रिरहेको हुँदा अर्थतन्त्र सुधारका लागि सबैको हातेमालो आवस्यक रहेको उनको तर्क थियो ।
उनले भने,–’अहिले बजारमा हुने हरेक घटना आर्थिक रुप मै बुझ्ने गरिएको छ । त्यसलाई तोड्न सकरात्मक म्यासेज दिनु आवश्यक रहेको छ ।’
पछिल्लो आर्थिक सूचकहरुमा केही सुधार देखिएको उनले बताए । उनले भने–’विस्तारै रेमिट्यान्स बढिरहेको छ, पर्यटन बढेको हुँदा बजार सकरात्मक सन्देश दिन आवश्यक छ ।’













