एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
तीन दिनसम्म हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल गर्ने निर्णय एमालेले गरेको हो ।
बैठकमा अध्याक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्याहरुमको कार्याविभाजन कार्यसुचीहरु रहेका छन् ।













