१९ श्रावण २०८३, मंगलबार

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ । सरकारले तत्कालका लागि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लाईसेन्स वितरण प्रक्रिया रोक्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

नयाँ स्टक जस्तो महत्वपुर्ण विषयमा निर्णय लिँदा थप अध्यायन आवश्यक देखिएको अर्थ मन्त्रालयको ठहर छ । अब लाइसेन्स सम्वन्धमा थप अध्ययन अनुसन्धान गरेर मात्र प्रक्रिया अघि बढाईने मन्त्रालय स्रोतले बताएको छ ।