१० श्रावण २०८३, आइतबार

नेपाल लाइफले कमायो साढे ४४ करोड बढी नाफा, अन्य सूचकहरुमा पनि सकरात्मक सुधार



काठमाडौं । नेपाल लाइफले इन्स्योरेन्स कम्पनीले साढे ४४ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २६ अर्ब ८३ करोड ९२ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आय ४९ लाख ४१ हजार रुपैयाँ र बीमालेखको धितो कर्जाबाट भने १ अर्ब ३७ करोड ८७ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सो अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि २ अर्ब २३ करोड ४३ लाख ८७ हजार रुपैयाँ खर्चिएको छ । समिक्षा अवधिमा कम्पनीले १० अर्ब ९५ करोड ३४ लाख ९६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन् बाँकी दावी संख्या भने ८४ करोड ६३ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४८ करोड ६७ लाख ७४ हजार रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषमो भने १ खर्ब ५७ अर्ब १६ करोड ९१ लाख ९६ हजार रुपैयाँ छ । कम्पनीको गत आवको समिक्षा अवधिको तुलनामा भने जीवन बीमा कोषका आकार १९.८३ प्रतिशतले बढाएको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसा छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको यस्तो आम्दानी ऋणात्मक थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ १ पैसा छ ।