‘आरबीबी म्यचुअल फन्ड–२’ मा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फण्डमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनी वैशाख १७ गतेदेखि निष्कासन गरेको म्युचुअल फण्डका आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
आरबीबीले बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमा १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला हुनेछ ।
जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । ‘आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।













