३० श्रावण २०८३, शनिबार

अण्डरराइटिङ प्रोसेसमा ठूलो फड्को मार्नु पर्छः अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अण्डरराइटिङ प्रोसेसमा ठूलो फड्को मार्नु पर्ने बताएका छन् । सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभेर प्रभु क्यापिटलले नामबाट एकीकृत कारोबार गरेको कार्यक्रममा बोल्दैं उनले अण्डरराइटिङ बार्गेनिङ गर्ने भाँडो मात्र भएको हुदाँ यसमा फड्को मार्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

उनले अहिले बजारमा ६०।७० को भ्यालु भएका कम्पनीले १०० रुपैयाँमा आईपीओ निष्कासन गरिरहेको बताए । हमालले ६०।६५ रुपैयाँ नेटवर्थ भएका कम्पनीहरुले पनि १०० रुपैयाँमा आइपिओ निष्काशन गर्नु सहि नभएको बताएका छन् ।अण्डरराइटिङको समस्या समाधानका लागि सबैंको सहकार्य र सहयोग आवश्यक रहेको उनको तर्क थियो ।

साथै, उनले धितोपत्र बोर्डले गरेका सबै काम सत्य नहुने र काम गर्दा कहिलेकाहि कमि कमजोर हुने बताए । अहिले बजारमा प्रतिस्पर्धा आवश्यक रहेको बताउदैं आफ्नो सेवाको गुणस्तरितालाई अझ सबल बनाउन सबैंकले लागि पर्नु पर्ने बताए ।

आफ्नो सेवा तथा थप सबल र अब्बल बनाउन सक्ने संस्था मात्र बजारमा राम्रो प्रतिस्पर्धी भूमिका निर्वाह गर्ने सक्ने भएको हुदाँ सेवा गुणस्तरितामा सबल हुनु पर्ने उनको भनाइ थियो । बजारमा सुरुवाति चरण निकै कठिन हुने हुदाँ आफ्ना ब्यवसायले थप उजारण गर्ने रिक्स लिएर पनि बजारमा स्थापित हुनु पर्ने उनले बताए ।