स्वास्थ्य बीमा बन्द गर्ने अर्थमन्त्री महतको संकेत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य बीमा बन्द गर्ने संकेत गरेका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा बोल्दै उनले यस्तो संकेत गरेका हुन् ।
अर्थतन्त्री महतले भने, “अहिले अर्थतन्त्रमा राजस्वकाे दबाब छ ।” यस्ताे अवस्थामा सामाजिक सुरक्षा जस्ता वितरण धेरै भयाे ।”
अव स्वास्थ्य बीमाकाे क्लेम राज्यले धान्नै नसक्ने अवस्थामा रहेकाेले आगामी दिनमा स्वास्थ्य बीमा जस्ताे जनतासंग जाेडिएकाे महत्वपुर्ण विषय राज्यले व्ययभार थेग्न नसक्ने अवस्थामा पुगेकाे मन्त्री महतले बताए ।
अहिले हामी बढिनै सामाजिक क्षेत्रमा लाग्ने बजेटकाे अवस्था नरहेकाे मन्त्री महतकाे भनाई रहेकाे छ ।
सरकारले सधैं बीमालाइ प्रथामिकता दिदै आएको र सरकारी बीमा कम्पनीलाई असर पार्ने निती नियामकले लिनु नहुने बताए ।













