३० श्रावण २०८३, शनिबार

नेपाली स्मार्टवाच ‘अल्टिमा वाचम्याजिक’सार्वजनिक,यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । अल्टिमा लाइफस्टाइलले वेरेवलएसीसोरीज उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड, आफनो नव रचनात्मक उत्पादन “अल्टिमा वाचम्याजिक बजारमा सार्वजनिक गरेको छ ।

अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साहीमाझ परिचित रहेको छ । यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन रहेको छ । जसकाकारण टेक–प्रेमीव्यक्तिहरूको लागि यो आवश्यक छनोट हुनेछ । अल्टिमा वाचम्याजिक मात्र ३ हजार ५९९ मादुबै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ ।

अल्टिमा वाचम्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्चप्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ । यो स्मार्ट वाचनिर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आपसंग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच IP68 पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाचम्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको कम्पनीले बताएको छ ।

कम्पनीको परिकल्पना हरेक नेपालीहरुमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशीजीवन सम्भव तुल्याउन सकोस भन्ने अपेक्षया राख्यको छ ।यही परिकल्पनालाइ प्रबर्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तीमा खड्कालाइ आफ्नो कम्पनीको उत्पादनहरुको ब्राण्ड एम्बासदर घोषणा गरेको थियो। स्वास्तीमाको युवाजोश र सक्रिय जीवनशैली ब्रान्डको आदर्श अनुरुप मेल खान्छ,जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवर्धन गर्न सही छनोट हुनपुगेका हुन् । नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ् नवीनता र किफयिती मूल्य निर्धारण गरि अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरुको विविध रुचि र शैलीमाझ आफ्नो पहुँच विस्तार गर्ने बताएका छन् ।यसको उल्लेखनीय सुविधाहरू र किफायतीमूल्यनिर्धारणले स्मार्टवाचको बजार लाइपुनः परिभाषित गर्नेछ ।

अल्टिमावाचम्याजिक सहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरु लोकप्रिय अनलाइन प्लेटफर्महरु दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन् । विशिष्ट ग्राहक सेवा प्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मीत’मा’द फास्टेस्ट डेलिभरी अवार्ड’ बाट सम्मानित गरिएको थियो जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरुको सहभागीता थियो ।

अल्टिमा वाचम्याजिक आधिकारिक रूपमा जेठ ४गते (मे १८, २०२३) देखि बजारमा उपलब्ध हुनेछ । वाचम्याजिकको पहिले नै बजार मूल्यर ३ हजार ५९९ रुपैयाँमा तय भएपनि अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र Hukut का पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य २ हजार ९९९ मा वाचम्याजिक उपलब्ध गराउने छ ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवलएसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीतउत्साही र व्यायामउत्साहीमाझलोकप्रियबनेकोअल्टिमा लाइफस्टाइलले सहीमूल्यमाउत्कृष्ट सुविधाहरू प्रदानगर्नेमागर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापितगर्न आफ्ना उत्पादनहरुमा उचित मूल्य अनुपात स्तरीय कार्यसम्पादन प्रस्तुत गर्दछ। ग्राहकको सन्तुष्टि प्रति ब्रान्डको प्रतिबद्धताले नेपालमा वफादार ग्राहकआधार बनाएको छ।