स्वदेशी उत्पादनलाई प्रोत्साहन गरि सहुलियत दिन सरकार तत्पर छ: अर्थमन्त्री डा महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई सरकारले सधैं प्राथमिकतामा राखेको बताइएका छन् । मंगलबार नेपाल उद्योग परिसघले आयोजना गरेको “स्वदेशी समिट २०२३” बोल्दै उनले स्वदेशी उत्पादन सरकारको प्राथमिकता रहेको बताएका हुन् ।
देशको अर्थतन्त्रको विकास गर्दै औधोगीक क्षेत्र अगाडि बढाउन सरकार सधैंव तत्पर रहेको महतले बताए । “स्वदेशी उत्पादनले नीतिगतमा भएका केही त्रुटिले पत्ता लगाइ स्वदेशी उधोगमा देश विदेशको लागानि प्रवाह गर्नेु र सहुलियत प्रदान गर्ने तयारी छौं” उनले भने ।
उधोग व्यवसाय रहेका समस्या र तिनिका समाधान सहिको रोड म्याप तयार पारि सरकारले अगाडि बढ्ने कुरा बताउदै महतले आगामी बजेट औधोगीक विकासमा केन्द्रित हुने पनि बताए ।
स्वदेशी उत्पादन प्रवर्द्धनमा पनि सरकारको ध्यान केन्द्रित रहेको भनाइ छ । उत्पादनको वृद्धि गर्दै निर्यातको बाताबरण सिर्जना गरि आयातमा कमि ल्याउने कुरालाई पनि महतले उल्लेख गरे ।













