ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अध्यक्ष नियुक्त गरेको छ । जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्षपदमा नियुक्त गरेको छ ।
बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव भएका कपिल ढकाल जेठ २ गते देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएको छन् ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसी आईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा सफल कार्यकाल बिताएका थिए ।
नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेछन् भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९÷८० को तेस्रो त्रैमाससम्म १ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ ।
साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्रबोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।













