मर्जरमा गएका निर्जीवन बीमा कम्पनीलाई विज्ञापन गर्न प्रोत्साहन, अतिरिक्त १ प्रतिशत रकम खर्च गर्न सक्ने
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्कको १.५ प्रतिशत बराबरको रकम विज्ञापन तथा प्रचार प्रसार लगायतको शिर्षकमा खर्च गर्न पाउने भएका छन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरण अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ताको शिर्षकमा खर्च गर्न पाउने व्यवस्था गरेको हो ।
प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । त्यसरी गरिने कुल खर्चको न्यूनतम २५ प्रतिशत रकम व्यवसाय प्रवद्र्धन तथा प्रचार प्रसार गर्नुपर्नेछ । प्राधिकरणका अनुसार विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ । यसले संचार क्षेत्रलाई समेत फाइदा पुग्ने बताइएको छ ।
यस्तै, मर्जरपछि एकीकृत कारोबार सुरु गरेका निर्जीवन बीमा कम्पनीले व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा तोकिएको सिमाको अतिरिक्त अर्थात् थप १ प्रतिशतसम्मको रकम खर्च गर्न सक्नेछन् ।
‘गाभ्ने/गाभिने तथा प्राप्ति सम्वन्धी प्रक्रिया पुरा गरि एकीकृत कारोबार संचालन गरेको निर्जीवन बीमकले आर्थिक वर्ष २०८०/८१ का लागि व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार शीर्षक खर्चमा तोकिएको सीमाको अतिरिक्त १ प्रतिशतसम्म खर्च गर्न सक्नेछ ।’– प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ ।













