राष्ट्रिय पुँजी पलायनमा थप कडाई, राजस्व चुहावटलाई नियन्त्रण गर्ने
काठमाडौं । सरकारले राष्ट्रिय पुँजी पलायनलाई कडाई गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।
नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको जानकारी गराए । यसका साथै राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषण औपचारिक रुपमा भित्र्याउन स्पष्ट नीति तयार गरिएको उल्लेख गरिएको छ ।












