विद्युतीय सवारी साधन उत्पादन र प्रयोगलाई प्रोत्साहन
काठमाडौं । सरकारले विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भएको हो ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।












