आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँट भएको छ । वैशाख १७ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेको इकाई जेठ ८ गते बाँडफाँट भएको हो ।
योजना व्यवस्थापकले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।
बाँडफाँटको नतिजा सिडिएस एण्ड क्लियरिङ्कले संचालन गरेको बेवसाइट iporesult.cdsc.com.np/ वा बिक्री प्रबन्धकको बेवसाइट मार्फत हेर्ने सकिनेछ ।













